30/01/2017
"चुप्पी रोपेर सडकमा डले पर्यटक"
(At last we knew that).
अकास्सी मान्छे चिल्लीयको आवाज कतै बाहिरबाटआयो। म र लाल दाई अफिसमा इमेल चेक र फेस बुक च्याट गरेर बसीरहेका थियौ। आवाज सुन्ने बितिकई म झ्यालबाट बाहिर हेर्दा त नभन्दै २० मिटर परको चोकमा यक जना मान्छे आफनै पेटमा छुरी रोपेर बिच सडकमा लम्पसार थियो। केहि मान्छेहरु डरले भाग भाग थिय। १ जना बिदेशी केटि आफनै भाषामा चिल्लिदै थिइन्, यस्तो घटना डेखने बितिकई हातपत मैले लाल दाईलाई भनि, ल दाई ठुलै घटना भय जस्तो छ यो हाम्रो नरसिङ्ग चोकमा...! ल सहयोग गर्न जाऊ भन्दै म अघि अघि दौडी र पछि पछि उनि पनि दौडीए .....!!
सडक बिचमा नै मान्छे डलेकोले केहि जाम भई सकेको थियो, बाटोमा हिडले नेपालीहरु, पर्यटकहरु र लोकल ब्यापारीहरु धेरै दंग परेर हेरिरहेका थिय भने केहि मान्छेहरु ल न हस्पिटल लैजान पर्यो,ल न पोलिसलाई बोलाउन पर्यो यस्तै यस्तै.....भन्दै थिए मान्छेहरु। बिदेशी जस्तो देखिने केटाको पेटबाट रगत बगी रहेको थियो। सडक रगत ताम्मे थियो। १ जना केटि भने बचाऊ... बचाऊ.. भन्दै थियिन।
यो घटनालाई धेरैले साचै नै हो भन्दै थिए कसैले यो त prank videos, film videos भन्दै थिए। यहाँ न त कुनै film maker न त photographer थिए? मलाई पनि साचैनै घटना भयको हो भन्ने पर्यो। सडकको बिचमा फर्त्याग/फर्त्याग परेको बिदेशी मान्छेलाई छेउमा ल्यौ। प्राथमिक उपचार गर्दै, जति सक्दो चाडो पुलिसलाई बोलायर हस्पिटल लोईजानु पर्छ भन्दै हामी सहयोग तर्फ लागेउ।
घटना ठमेलको व्यस्त ठाउँमा भयर होला, हेर्ने मान्छेहरुको भिड भाड धेरै भयो। यतिसम्म भयो कि बिरामीलाई शास फेर्न समेत कठिन पर्ने जस्तो भयो. धेरै मान्छेहरु फोटो खिच्न, भिडियो बनाउन व्यस्त थिय.....उनीहरु भन्दै थिय....के भयको होला? कसले पेटमा चुप्पी रोपिदियो होला? हामी सबै दर्शकहरु घटनाको बारेमा अनबिज्ञा थियौ। बिरामीलाई प्राथमिक उपचार गर्दै गर्दा एम्बुलेस पनि आयो, बिरामीलाई एम्बुलेस राखेर हस्पिटल तर्फ़ पठायौ। घटना स्थलमा नेपाल पोलिस पनि आइपुग्यो।
नेपाल पोलिससंग यो घटनाको बारेमा सबै नाली बेली कुराहरु.... गर्दै गर्दाअघि भर्खरै पठायको एम्बुलेस साइरन बजाउधई फेरी त्यहि ठाउमा आइपुग्यो त्यहि मान्छे लिगेर.....??अचम्म! यो त ख्याल ख्याल पो रहेछ. तर यस्तो खालको भिडियो सुटिंगले नेपालीलाई फाइदा गर्ला? यो घटना झुट्टो हो भनेर किन लोकल मान्छे लाई किन जानकारी आएन? यो देखने केरा-केटि, बुढा-बुढी दिमागमा कस्तो असर पर्ला? भोलिका दिनहरुमा साच्चै नै यस्तो
घटना घट्यो भने हामीहरुलाई लाग्ने भयो कि... यो पनि झुट्टो हो।
This is suppose prank Videos, awaerness videos.