Likehome Girls Hostel

Likehome Girls Hostel A safest and affordable girls hostel in Laltipur, Balkumari with homelike environment.

It's in walking distance from koteshwor, gwarko, Lagankhel, Mangalbazar, Sankhamul
Call: 9863424060

प्याजले खानेकुराको स्वाद बढाउने गर्छ । यस अर्थमा धेरैका लागि यो तरकारीमा स्वाद थप्न अनिवार्य रुपमा चाहिने मसला हो । तर य...
16/05/2026

प्याजले खानेकुराको स्वाद बढाउने गर्छ । यस अर्थमा धेरैका लागि यो तरकारीमा स्वाद थप्न अनिवार्य रुपमा चाहिने मसला हो । तर यति मात्रै भनेर प्याजको महिमा पूरा हुँदैन । वास्तवमा प्याज औषधीय गुणले भरिएको एक प्राकृतिक वरदान पनि हो। काँचो प्याज खानुका फाइदाहरूका बारेमा आयुर्वेददेखि आधुनिक विज्ञानसम्मले निकै चर्चा गरेका छन्।

नेपालका हरेक भान्छाघरमा करिब करिब अनिवार्य रुपमा पाइने मसला हो प्याज। धार्मिक कारणबाहेक अरु हिसाबले प्याज नखान.....

17/12/2025

हाेस्टेल हाेटेल हैन, घर जस्ताे हुनुपर्छ
तपाईं राम्राे हाेस्टेलकाे खाेजीमा हुनुहुन्छ भने आउनुहाेस्
हामी तपाईंलाई आफ्नै घरकाे अनुभूति हुने गरी सेवा प्रदान गर्छौं
हामीसँग २ सिटरमा केही सीटहरु खाली छन्

बरालिन हैन, पढ्न आएकाहरुका लागि उत्तम वातावरणसहितको होस्टेल

Send a message to learn more

के स्वस्थ रहनको लागि १० हजार पाइला हिँड्नु जरुरी छ ?आजको डिजिटल युगमा हामीमध्ये धेरैले स्मार्टफोन, स्मार्टवाच वा फिटनेस ...
17/12/2025

के स्वस्थ रहनको लागि १० हजार पाइला हिँड्नु जरुरी छ ?

आजको डिजिटल युगमा हामीमध्ये धेरैले स्मार्टफोन, स्मार्टवाच वा फिटनेस ट्र्याकरमार्फत हरेक दिनको पाइला गन्ने बानी बसालेका छौँ। ती उपकरणहरूले हामीलाई एउटा विशिष्ट लक्ष्य दिन्छन्–१० हजार पाइला दिनहुँ हिँड्नु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ भन्ने दवाबको साथ। यस्तो लाग्छ, मानौँ दैनिक जीवनमा ‘१० हजार पाइला’ पूरा गर्न नसकिएसम्म स्वास्थ्यको लक्ष्य अपूरो हुन्छ।

वास्तवमा यो १० हजार पाइला भन्ने संकल्प आखिर कहाँबाट आयो? के यो स्वास्थ्यको लागि निर्धारित कुनै वैज्ञानिक मापन हो? वा यो बजारको कल्पनामा आधारित एउटा ब्रान्डिङ रणनीति मात्रै?

१० हजार पाइला भन्ने अवधारणाको उत्पत्ति

धेरैलाई लाग्न सक्छ कि १० हजार पाइला हिँड्नुको सल्लाह कुनै अन्तर्राष्ट्रिय स्वास्थ्य संस्था वा वैज्ञानिक अनुसन्धाताहरूबाट आएको हो। तर यो कुरा सत्य होइन । सत्य यसको ठीक विपरीत छ।

सन् १९६५ मा जापानको ‘यामासा’ नामक कम्पनीले ‘मानपो केई’ (Manpo-Kei) नामक एउटा पाइला मापन गर्ने यन्त्र निर्माण गर्‍यो। जापानी भाषामा मानपो को अर्थ हो–१० हजार पाइला। टोकियो ओलम्पिकको लहरसँगै स्वास्थ्यप्रतिको जनचेतना बढिरहेको थियो। यही अवसरलाई उपयोग गर्दै कम्पनीले १० हजार पाइला हिँडाइलाई ‘स्वस्थ जीवन’ को प्रतीकका रूपमा प्रचार गर्‍यो।

तर त्यसरी १० हजार पाइला भन्ने संख्या निर्धारित गरिनु कुनै वैज्ञानिक प्रमाणमा आधारित थिएन। यो संख्या शब्द-संगीत र ब्रान्डिङको हिसाबले आकर्षक थियो, जसले उक्त कम्पनीले निर्माण गरेको यन्त्रको बिक्री बढाउन सहयोग पुर्‍यायो।

त्यसैले, जुन संख्यालाई आज हामी स्वास्थ्यको वैज्ञानिक नापजाँच मानिरहेका छौँ, त्यो वास्तवमा एउटा व्यावसायिक कल्पनाको उपज थियो।

वैज्ञानिक तथ्यको कसीमा १० हजार पाइला

यसबारेमा पछिल्ला केही वर्षमा गरिएका गहन अनुसन्धानहरूले चाखलाग्दो परिणाम देखाएका छन्। उदाहरणस्वरूप, सन् २०१९ मा Harvard Medical School का अनुसन्धानकर्ताहरूले JAMA Internal Medicine मा एक उल्लेखनीय अध्ययन प्रकाशित गरे, जसमा १६ हजारभन्दा बढी वृद्ध महिलाहरूलाई समेटिएको थियो।

उक्त अध्ययन अनुसार, दिनमा ४४०० पाइला मात्रै हिँड्ने महिलाहरूको मृत्युदर, २७०० पाइला हिँड्नेहरूको तुलनामा निकै कम देखियो। झन् रोचक कुरा त के भने, पाइला संख्या ७५०० नाघेपछि स्वास्थ्यमा पाइने लाभ स्थिर हुन थाल्यो । यसले के कुराको प्रष्टै संकेत गर्यो भने –स्वास्थ्यका लागि पाइलाको संख्या बढाउनु राम्रो हो, तर १० हजार पुग्नैपर्छ भन्ने कुनै जरुरी छैन ।

ख्याल गर्नुपर्ने कुरा के हो भने हरेक व्यक्तिको आवश्यक शारीरिक गतिविधि उसको उमेर, तौल, स्वास्थ्य अवस्था र गतिशील जीवनशैलीमा निर्भर हुन्छ। कुनै वृद्ध व्यक्तिका लागि ५ हजार पाइला नै उपयोगी ठहरिन सक्छ भने, कुनै खेलाडीका लागि १२ हजार पनि सामान्य हुन सक्छ। त्यसैले यो एकल संख्यालाई सबैका लागि बाध्यकारी मान्नु गलत हुनेछ।

१० हजार पाइलासम्बन्धी केही भ्रमहरु

१० हजार पाइला भन्ने सोचाइसँगै केही भ्रामक धारणाहरू पनि फैलिएका छन्।

सबैभन्दा पहिलो भ्रम हो–यदि तिमीले १० हजार पाइला हिँडेनौ भने तिमी स्वस्थ छैनौ भन्ने कुरा साबित हुन सक्छ भन्ने दवाब ।

यस प्रकारको सोचाइले मानिसलाई प्रेरणा दिनुको सट्टा आत्मग्लानीको अनुभव गराउँछ। यसले मानसिक तनाव सिर्जना गर्न सक्छ, जसले दीर्घकालीन रूपमा स्वास्थ्य सुधारभन्दा पनि मानसिक थकान र असफलताको भाव पैदा गर्छ।

त्यस्तै, दोस्रो भ्रम हो–जति धेरै पाइला, उति बढी फाइदा। यो पनि वैज्ञानिक दृष्टिले सही कुरा होइन । व्यक्तिको स्वास्थ्य अवस्थाअनुसार यसले गर्ने असर फरक हुन सक्छ । अत्यधिक हिँडाइले कतिपय व्यक्तिमा थकान, जोर्नीमा चोट, वा अन्य तनावसम्बन्धी समस्या ल्याउन सक्छ। वृद्ध व्यक्ति वा रोगीहरूका लागि यस्तो ‘अत्यास’पूर्ण हिँडाइ उपयुक्त हुँदैन। त्यसैले, १० हजार पाइलाको भ्रममा पर्नुभन्दा पहिले ख्याल गर्नै पर्ने कुरा के हो भने हामीलाई शरीर स्वस्थ राख्नको लागि आवश्यक शारीरिक गतिविधिहरु चाहिएको हो, कुनै निश्चित लक्ष्य पूरा गर्नै पर्छ भन्ने खालको ‘प्रतिस्पर्धा’ होइन।

हिँडाइको वैज्ञानिक लाभ

त्यसो त १० हजार पाइलाको अवधारणा आफैंमा खराब कुरा भने होइन । दैनिक हिँडाइ, खासगरी नियमित र मध्यम गतिमा गरिएको पैदलयात्रा, स्वास्थ्यका लागि एक अत्यन्त सरल र प्रभावकारी शारीरिक अभ्यास हो।

यसले मुटुको कार्यशक्ति सुधार गर्न सक्छ, रक्तचाप नियन्त्रणमा राख्न सहयोग पुर्‍याउँछ, मधुमेहको जोखिम कम गर्छ, र शरीरमा इन्सुलिनको प्रभावकारिता बढाउँछ।

त्यसैगरी, मानसिक स्वास्थ्यका दृष्टिले पनि हिँडाइ निकै लाभदायक हुन्छ। प्राकृतिक वातावरणमा गरिएको छोटो पैदल यात्राले पनि तनाव घटाउने, चिन्ता कम गर्ने, र मनोबल वृद्धि गराउने गर्छ । वास्तवमा यो एक किसिमको ‘प्राकृतिक औषधि’ हो । यसलाई बिना साइड इफेक्ट तथा महंगो खर्च नै नियमित रुपमा सेवन गर्न सकिन्छ ।

संख्या होइन, निरन्तर सक्रियता हो असली मन्त्र

त्यसैले बुझ्नुपर्ने कुरा के हो भने १० हजार पाइला भनेको स्वास्थ्यको ‘सुनिश्चित नाप’ होइन, एउटा औसत संकेत मात्र हो। तपाईं दैनिक ६ हजार पाइला हिँड्नुहुन्छ तर नियमित रूपमा, चाहिने गतिमा, र शरीरका संकेत सुनेर अगाडि बढ्नुहुन्छ भने–त्यो तपाईँका लागि १० हजारभन्दा पनि बढी अर्थपूर्ण हुन्छ।

स्वास्थ्य भनेको ‘गन्ती गर्ने खेल’ होइन, शरीरसँगको सहकार्य हो। हाम्रो लक्ष्य संख्या पछ्याउने होइन, सक्रिय जीवनशैली बनाउने हुनुपर्छ। यसकारण, जब तपाईं अर्कोपटक आफ्नो स्टेप काउन्टर हेर्नुहुन्छ, त्यो १० हजारको संख्या पुग्यो कि पुगेन भनेर बढी तनाव लिइबस्नु पर्दैन । सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईंको जीवन स्वस्थ र सक्रिय छ, त्यसैले तपाईं दिनहुँ निश्चित पाइलाहरु हिँडिरहनुभएको छ । यसले तपाईंको स्वास्थ्यलाई निश्चितै रुपमा फाइदा पुग्छ ।

तारापुञ्जहरुलाई आफूतिर तानिरहेको रहस्यमय ‘द ग्रेट अट्र्याक्टर’हाम्रो आकाशगंगाको सीमाभन्दा धेरै टाढा, करिब १५० देखि २५० म...
17/12/2025

तारापुञ्जहरुलाई आफूतिर तानिरहेको रहस्यमय ‘द ग्रेट अट्र्याक्टर’

हाम्रो आकाशगंगाको सीमाभन्दा धेरै टाढा, करिब १५० देखि २५० मिलियन प्रकाशवर्ष पर, एउटा अचम्मको खगोलीय रहस्य लुकेको छ, जसलाई खगोलशास्त्रीहरूले “ग्रेट अट्र्याक्टर (The Great Attractor) भनेर नाम दिएका छन्। नाम सुन्दा कतै एउटा विशाल ब्ल्याक होल जस्तो लाग्न सक्छ, तर वास्तविकता अलि फरक र अझै रोचक छ। यो कुनै एकल वस्तु होइन, बरु अन्तरिक्षको एउटा यस्तो क्षेत्र हो जहाँ पदार्थको घनत्व असाध्यै धेरै छ, यति धेरै कि त्यसको गुरुत्वाकर्षणले सम्पूर्ण तारापुञ्ज (Galaxies) समूहहरूलाई आफूतर्फ तानिरहेको छ। अचम्म लाग्दो कुरा के भने, हाम्रो आफ्नै लोकल ग्रुप, जसमा मिल्की वे पनि पर्छ, त्यो खगोलीय तानातानको प्रभावबाट मुक्त छैन।

ब्रह्माण्ड विस्तार भइरहेको छ भन्ने कुरा आज स्थापित वैज्ञानिक तथ्य हो। तर विस्तारकै बीचमा पनि, ग्रेट अट्र्याक्टरको गुरुत्वाकर्षण यति शक्तिशाली छ कि यसले हाम्रो आकाशगंगा समेतहजारौँ तारापुञ्जहरुलाई आफ्नो दिशामा तानेर बगाइरहेको छ। खगोलशास्त्रीहरूले यसलाई “कस्मिक फ्लो” भन्छन्। यो प्रवाह भिर्गो, हाइड्रा र सेन्टोरस सुपरक्लस्टरहरू हुँदै बगिरहेको छ, र हामी सबै करिब प्रतिक्षण ६०० किलोमिटरको वेगले त्यही दिशातर्फ सर्दैछौँ। यो सोच्दा अलि असहज पनि लाग्छ, हैन र? पृथ्वीमा बस्दा हामी स्थिर छौँ जस्तो लाग्छ, तर वास्तविकतामा हामी विशाल ब्रह्माण्डीय नदीमा बगिरहेका यात्रु हौँ।

ग्रेट अट्र्याक्टर अझै रहस्यमय हुनुको एउटा ठूलो कारण के हो भने, यसको ठूलो हिस्सा “जोन अफ एभ्वाइडन्स” नामको क्षेत्रमा पर्छ। यो त्यो क्षेत्र हो जहाँ मिल्की वेका धुलो र ताराहरू यति बाक्ला छन् कि त्यसभन्दा पछाडि के छ भन्ने कुरा साधारण टेलिस्कोपले देख्नै सक्दैन। दृश्य प्रकाशले काम नगरेपछि वैज्ञानिकहरूले एक्स–रे, इन्फ्रारेड र रेडियो तरंगको सहारा लिए। त्यही प्रविधिबाट मात्रै विस्तारै पर्दा पछाडिको दृश्य खुल्न थाल्यो।

यस्ता अध्ययनबाट के थाहा भयो भने, ग्रेट अट्र्याक्टर कुनै एक्लो संरचना होइन। यो “लानियाकेया” नामको अझै विशाल सुपरक्लस्टरको भाग हो, जसको अर्थ हवाई भाषामा “असीम आकाश” भन्ने हुन्छ। यही लानियाकेया सुपरक्लस्टरभित्र हाम्रो मिल्की वे पनि समेटिएको छ। अर्को महत्त्वपूर्ण कुरा, ग्रेट अट्र्याक्टरको गुरुत्वाकर्षण शक्ति नर्मा क्लस्टरजस्ता विशाल र अझै पूर्ण रूपमा नदेखिएका आकाशगंगा समूहहरूले थप बलियो बनाइरहेका हुन सक्छन्। यहाँ कुनै रहस्यमय “कस्मिक भ्वाङ” छैन, बरु सामान्य पदार्थ र डार्क म्याटरको ठूलो मात्रा जम्मा भएर बनेको गहिरो गुरुत्वाकर्षण कुण्ड हो।

डार्क म्याटरको कुरा गर्दा झनै रोचक हुन्छ। यो पदार्थ प्रत्यक्ष देखिँदैन, प्रकाशसँग अन्तरक्रिया गर्दैन, तर गुरुत्वाकर्षणमार्फत आफ्नो उपस्थिति देखाउँछ। नासा, युरोपियन साउदर्न अब्जर्भेटरी (ESO) र अन्य अन्तर्राष्ट्रिय खगोलीय संस्थाहरूका अध्ययनले ब्रह्माण्डको अधिकांश द्रव्यमान यही डार्क म्याटरले बनाएको संकेत गर्छन्। ग्रेट अट्र्याक्टरजस्ता संरचनाहरू बुझ्न डार्क म्याटरको भूमिका के हो भन्ने प्रश्न अत्यन्तै केन्द्रीय छ।

दशकौँदेखि अनुसन्धान भइरहे पनि ग्रेट अट्र्याक्टरको वास्तविक द्रव्यमान कति हो, यसको आकार कस्तो छ, र भविष्यमा यसले हाम्रो स्थानीय ब्रह्माण्डीय छिमेकलाई कति असर गर्छ भन्ने कुरा अझै पूर्ण रूपमा स्पष्ट भइसकेको छैन। यही अपूर्णता नै यसको सौन्दर्य पनि हो। यो ब्रह्माण्डको ती ठूला पहेलामध्ये एक हो, जसले हामीलाई सम्झाउँछ कि हामी जति जान्ने भएको ठान्छौँ, त्यसभन्दा धेरै कुरा अझै अज्ञात छन्।

सायद यही कारणले खगोल विज्ञान मानिसलाई तान्छ। हामी केवल ताराहरू गन्ने काम गर्दैनौँ, हामी आफ्नै अस्तित्वको दिशा बुझ्ने प्रयास गरिरहेका हुन्छौँ। ग्रेट अट्र्याक्टर जस्ता रहस्यहरूले पाठकलाई एउटा प्रश्न सोध्न बाध्य बनाउँछन्: साँच्चै नै आकाशगंगाहरू नै अदृश्य शक्तिहरूले तानिँदै छन् भने, हामी ब्रह्माण्डको कति सानो तर कति महत्त्वपूर्ण हिस्सा हौँ?

यही जिज्ञासाबाट खगोल विज्ञान सुरु हुन्छ, र यही जिज्ञासाले विज्ञानलाई अझ अगाडि उन्नतिको दिशातिर बढाउँछ।

पछिल्लो अध्ययनले सुत्नुअघि फोन चलाउने आदतले मानिसमा निद्रा नै नलाग्ने समस्याको जोखिम ६० प्रतिशतसम्म बढ्ने देखाएको छ
07/04/2025

पछिल्लो अध्ययनले सुत्नुअघि फोन चलाउने आदतले मानिसमा निद्रा नै नलाग्ने समस्याको जोखिम ६० प्रतिशतसम्म बढ्ने देखाएको छ

• साइमन स्पिचाक के तपाईंलाई पनि राति सुत्नेबेलामा मोबाइल हेर्नैपर्ने लत लागेको छ ? अथवा भनौं सुत्ने बेलामा यसो मो....

अत्यधिक परिष्कृत मैदाको सेवनले समयसँगै पाचन समस्या, वजन बढ्ने, र मधुमेह जस्ता रोगहरूको जोखिम बढ्न सक्छ, तर यो खानेकुरा आ...
15/03/2025

अत्यधिक परिष्कृत मैदाको सेवनले समयसँगै पाचन समस्या, वजन बढ्ने, र मधुमेह जस्ता रोगहरूको जोखिम बढ्न सक्छ, तर यो खानेकुरा आन्द्रामा टाँसिने भन्ने कुरा सत्य होइन।

सामान्यत: मैदा तथा त्यसबाट बनेका परिकारहरुको सेवन स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिँदैन । किनभने यसको प्रशोध...

नियन्त्रणभन्दा बाहिरका घटनाहरूको बारेमा निरन्तर चिन्ता गर्नुले शारीरिक स्वास्थ्यमा गम्भीर असर पार्छ।यो लगातारको चिन्ताले...
25/02/2025

नियन्त्रणभन्दा बाहिरका घटनाहरूको बारेमा निरन्तर चिन्ता गर्नुले शारीरिक स्वास्थ्यमा गम्भीर असर पार्छ।यो लगातारको चिन्ताले शरीरको तनाव-प्रतिक्रिया प्रणालीलाई सक्रिय राख्छ, जसले दीर्घकालीन तनावको रूप लिन्छ। समयक्रममा, यस्तो तनावले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ, जसले हामीलाई सङ्क्रमण र रोगहरूको जोखिममा पार्छ।

नियन्त्रणभन्दा बाहिरका घटनाहरूको बारेमा निरन्तर चिन्ता गर्नुले शारीरिक स्वास्थ्यमा गम्भीर असर पार्छ।यो लगाता...

नूनको सेवन र पेटको क्यान्सरको जोखिमबीचको सम्बन्धलाई ध्यानमा राख्दै, जनस्वास्थ्यविदहरूले खानपानमा नूनको सेवन घटाउनु पर्ने...
06/02/2025

नूनको सेवन र पेटको क्यान्सरको जोखिमबीचको सम्बन्धलाई ध्यानमा राख्दै, जनस्वास्थ्यविदहरूले खानपानमा नूनको सेवन घटाउनु पर्ने कुरामा जोड दिएका छन्। उच्च नून सेवनको कारण मात्र पेटको क्यान्सरको जोखिम मात्र बढ्दैन, यसले उच्च रक्तचाप र हृदय रोगको सम्भावनासमेत बढाउँछ।

के तपाईंलाई चर्को नूनखाने बानी छ ? अझ खाना खाँदा अलिनो लागेर नून थप्ने बानी छ ? त्यसो हो भने त्यो बानीलाई आजै हटाइहा.....

हाेस्टेल हाेटेल हैन, घर जस्ताे हुनुपर्छतपाईं राम्राे हाेस्टेलकाे खाेजीमा हुनुहुन्छ भने आउनुहाेस्हामी तपाईंलाई  आफ्नै घरक...
05/02/2025

हाेस्टेल हाेटेल हैन, घर जस्ताे हुनुपर्छ
तपाईं राम्राे हाेस्टेलकाे खाेजीमा हुनुहुन्छ भने आउनुहाेस्
हामी तपाईंलाई आफ्नै घरकाे अनुभूति हुने गरी सेवा प्रदान गर्छौं
हामीसँग केही सीटहरु खाली छन्

थप जानकारीको लागि सम्पर्क
९८६३४२४०६०
984-3484840 (Whatsapp)

सबैलाई थाहा भएकै कुरा हो– मानिसका दाँत ३२ वटा हुन्छन् । तर अनुवांशिकशास्त्रीहरूले हाम्रो पूर्वजहरूसँग प्रारम्भमा ४४ वटा ...
16/01/2025

सबैलाई थाहा भएकै कुरा हो– मानिसका दाँत ३२ वटा हुन्छन् । तर अनुवांशिकशास्त्रीहरूले हाम्रो पूर्वजहरूसँग प्रारम्भमा ४४ वटा दाँत भएको थियो भन्ने सिद्धान्त प्रस्तुत गरेका छन्।

सबैलाई थाहा भएकै कुरा हो– मानिसका दाँत ३२ वटा हुन्छन् । तर अनुवांशिकशास्त्रीहरूले हाम्रो पूर्वजहरूसँग प्रारम्भ...

Address

Balkumari/9, Saptakhel
Lalitpur
44700

Opening Hours

Monday 07:00 - 20:32
Tuesday 07:00 - 20:32
Wednesday 07:00 - 20:32
Thursday 07:00 - 20:32
Friday 07:00 - 20:32
Saturday 07:00 - 20:32
Sunday 07:00 - 20:32

Telephone

+9779863424060

Website

Alerts

Be the first to know and let us send you an email when Likehome Girls Hostel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Likehome Girls Hostel:

Share